प्रदेशसभाको पहिलो बैठक पछि मात्र सरकार गठनको प्रक्रिया थालिने
काठमाडाैं | पुस ८, २०७९
काठमाडौं: बागमती प्रदेश सरकार गठनको प्रक्रिया प्रदेशसभाको पहिलो बैठक पछि मात्र सुरु हुने भएको छ । बागमती प्रदेशसभा सचिवालय हेटौंडामा शुक्रबार बसेको सर्वदलीय बैठकले पुस १७ वा १८ गते प्रदेशसभाको पहिलो बैठक बस्ने निर्णय गरेको र उक्त बैठक पश्चात् मात्र सरकार गठनको प्रक्रिया थाल्ने बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार सरकार गठनका लागि दलहरू तत्काल तयार नभएको र दलहरू संसदीय समिति गठनमा केन्द्रीत रहेकाले संसदको पहिलो बैठक पछि मात्र सरकार गठनको प्रक्रिया सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको उनले बताए ।
पछिल्लो समय दोहोरो भूमिकामा देखिनु भयो नि ? अब के राजीनामा दिनु हुन्छ कि ? के छ तयारी ? भन्ने प्रश्नमा मुख्यमन्त्री पाण्डेले नयाँ सरकारलाई आफूले नेतृत्व हस्तान्तरण गर्नुपर्ने र कार्यवाहक दिन नमिल्ने भएकाले संविधानको अधिनमा रहेरै आफूले जिम्मेवारी सम्हालिरहेको बताए ।
‘मैले राजीनामा दिइसकेको पनि हुन सक्छु नि ? तपाईँलाई थाहा नभएको पनि हुन सक्छ नि । त्यसैले नयाँ सरकारलाई मैले नेतृत्व हस्तान्तरण गर्ने हो । मैले कसैलाई कार्यवाहक दिन पनि मिल्ने अवस्था होइन । यो जिम्मेवारी संविधानको अधीनमा रहेर नै लिएको हो’ उनले भने ।
उनले संविधानलाई अक्षरश पालना गर्ने मध्येको आफू एक व्यक्ति भएकाले प्रदेश प्रमुखसँगको छलफलमा काम चलाउ सरकारको नेतृत्व पनि आफैले गर्नुपर्ने अवस्था आउने भएकाले अहिले यही हो भन्न नमिल्ने बताए ।
‘म संविधान बनाउने मध्येको एक हो । त्यसको अक्षरसः पालना गर्नेमा म पनि एक हो । संविधानमा कहि कतै यस विषयमा लेखिएको छैन । त्यसैले मैले सरकारको नेतृत्वको विषयमा प्रदेश प्रमुखज्यूसँग पनि सल्लाह गरेको छु । काम चलाउ सरकारको नेतृत्व पनि आफैले गर्नु पर्ने अवस्था रहेको छ । अहिले नै केही भन्न मिल्ने अवस्था छैन’ उनले भने ।
काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

